इच्छकामना

हात धोएर मात्र चितवनको इच्छाकामना गाउँपालिका प्रवेश

Banner

चितवन,चैत १५-

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम विशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाइ कोरोना सचेतनासम्बन्धी परामर्श दिने गरिएको छ । ज्वरोलगायत सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने र शङ्का लागे अस्पताल पठाइने छ ।

गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिएको छ । वडा नं ४ कुरिनटारमा सात श्यया र वडा नं ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले अहिले हालै विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>