Breaking News

कोरोना प्रकोपविरुद्ध अमेरिका ऐतिहासिक मोडमाः दुई खर्ब डलरको राहत प्याकज घोषणा

Banner

न्युयोर्क, चैत १५–

कोरोना प्रकोपविरुद्ध अमेरिकाले ऐतिहासिक राहत प्याकेज घोषणा गरेको छ । अमेरिकी कंग्रेसले कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याकेजलाई अनुमोदन गरेको छ । यो अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट उत्पन्न आर्थिक संकट लाई निस्तेज पार्न ल्याएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।

कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय बढीको मृत्यु भइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>