चितवन विशेष

चितवनको भरतपुर घर भएका युवकको बेलायतमा ज्यान गयो

Banner

चितवन,चैत १०-

बेलायतमा एक नेपाली युवकको आइतबार राति मृत्यु भएको छ। चितवन बसेनी घर भई २३ वर्षदेखि पूर्वी लन्डनको प्लमस्टिडमा बस्दै आएका प्रशान्त अर्यालको उपचारका क्रममा निधन भएको बेलायतबाट सञ्चालित नेपाली अनलाइन ‘वी नेपाली’ले जानकारी दिएको छ।

घरमै अस्वस्थ भएका अर्याललाई शनिबार एम्बुलेन्सबाट लण्डनको उलीचस्थित क्विन एलिजावेथ अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई आइतबार राति मृत घोषित गरेका थिए। उनी ४० वर्षका थिए। उनको के रोगको कारण मृत्यु भएको हो भनी स्पष्ट भइसकेको छैन। यद्यपि अस्पतालले आफन्तलाई पनि शवनजिक जान दिएको छैन।

उनी श्रीमती र एक सन्तानका साथ पूर्वी लण्डनमा बस्दै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>