अन्तर्राष्ट्रिय
ह्वाइट हाउसका कर्मचारीलाई कोरोना संक्रमण, सतर्कता उच्च
०

एजेन्सी, चैत ८-
अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने एक जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ ।