मनोरञ्जन
‘मास्टर्नि’ को पहिलो झलक सार्वजनिक

काठमाडौँ, असार १९–
आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नि’ को पहिलो झलक सार्वजनिक भएको छ ।
पोष्टरमा अभिनेत्री प्रियंका कार्की फिचर रहेकी छिन् । चलचित्रको शिर्ष भूमिकामा उनि नै रहेकी छिन्। बाथटबमा शान्त रुपमा सुतेकी प्रियंकाको आँखा भने केहि भन्न खोजिरहेका छन्। बाहिरबाट शान्त देखिए पनि भित्र केहि गहिरो रहस्य रहेको पोष्टरले संकेत गर्छ। त्यस्तै त्यहा अँध्यारो पानीमा रहेका सुनौला माछाहरुले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छ। त्यस्तै पानीमा सत्या लुकाउने वा अपराधको प्रमाण लुकाउने प्रतिकको रुपमा बुझ्न सकिन्छ। अनुहारमा डर भन्दा बढी देखिएको आत्माविश्वास र अंग्रेजी ट्यागलाइनस: “The calmest mind planned the deadliest game.” अर्थात् सबैभन्दा शान्त देखिने व्यक्तिले नै सबैभन्दा खतरनाक खेल रचेको छ। यसले मुख्य पात्र बाहिरबाट सामान्य र संयमित देखिए पनि भित्र निकै चलाख र रहस्यमय हुन सक्ने संकेत गर्छ। ट्राईडेन्ट कन्सेप्टक लागी रोयल भीमसेनले पोष्टर तयार पारेका हुन्।
प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका छन्। चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रुपमा सिमोस सुनुवार रहेका छन्। प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने प्रियंका र शान मिलेर डाइलग लेखेका छन्। युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन्।
चलचित्र नेपाली सहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। भदौ ५ गतेबाट चलचित्र प्रदर्शनमा आउनेछ।



























