अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री र साउदी राजाबीच कोरोना भाइरसबारे कुराकानी

Banner

नयाँदिल्ली, चैत ५-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ ।

उनीहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गरेका भारतीय अधिकारीले जानकारी दिएका छन् ।

भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरुबीच मुख्य गरेर कोरोना भाइरसको सङ्क्रमण, त्यसबाट बच्न र त्यसका कारण हुने उत्पन्न परिस्थितीका बारेमा कुराकानी भएको जनाइएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना सङ्क्रमण नियन्त्रण र सामना गर्न संंयुक्त पहल र सहकार्य आवश्यक भएकोमा जोड दिए ।

कोरोना सङ्क्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रसमेतमा नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त व्यक्त गरेका थिए ।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरता र प्रस्तावमा सार्कस्तरीय भिडियो सम्मेलनसमेत गरेका थिए ।

दुई नेताले जी–२० देशका बीचमा पनि यस्तै भिडियो सम्मेलन गराउन प्रस्ताव र प्रयास गर्ने सहमति पनि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । रासस-एएनआइ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>