अन्तर्राष्ट्रिय
कोरोनाले चीनमा डिभोर्स गर्नेको संख्या बढ्यो, हजारौंले डिभोर्सका लागि निवेदन दिए
०

एजेन्सी, चैत ४-
कोरोना भाइरसका कारण आर्थिक, सामाजिक असर मात्र होइन, गम्भीर पारिवारिक असर समेत पार्न थालेको छ । कोरोना भाइरसका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्न थालेका छन् । मिडिया रिपोर्टहरूका अनुसार, हप्तौंसम्मको कोरोना भाइरसको आतंकका कारण कोरोनाको उद्गम मुलुक चीनमा मानिसहरू घरभित्रै बन्दी बनिरहँदा पारिवारिक कलहका घटनामा वृद्धि भएको हो ।
चीनको शिचुआन प्रान्तमा १ महिनाभित्रमा ३ सयभन्दा धेरै दम्पतीले डिभोर्सका लागि निवेदन दिएका छन् । चीनमा हजारौले डिभोर्सका लागि निवेदन दिएको समाचार एजेन्सीहरुले जनाएका छन् । कोरोनाका कारण कार्यालय बन्द भई कामकाजी दम्पती लामो समयसम्म घरभित्र बस्नुपर्दा यसले दम्पतीबीच झगडा उत्पन्न भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























