अन्तर्राष्ट्रिय
कोरोनाले भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो
०

भारत, चैत ४–
भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो समय कोरोनाले भारतमा थप एक जनाको ज्यान गएको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























