अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई भने – चाइनिज भाइरस

Banner

एजेन्सी , चैत ४-

महिनौंदेखि व्यापार युद्धमा रहेका विश्वका दुई शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसबारे पनि आरोप-प्रत्यारोपमा छन् ।

अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको दिनहुँ बढ्दै गएको छ ।

विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखे- चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ । हामी पहिलाभन्दा झन् बलियो हुनेछौं ।

उनको यो ट्वीटबाट अमेरिकी नागरिक उनीमाथि कति आश्वस्त भए त थाहा छैन तर यसले चिनियाँलाई भने आक्रोशित बनाएको छ ।

चिनियाँ अधिकारीहरूले कोभिड-१९ नाम दिइएको रोग अमेरिकी सेनाले मिलिटरी गेम्सको क्रममा वुहान ल्याएको आरोप लगाएका छन् ।

विदेश मन्त्रालयका प्रवक्तासहितका चिनियाँ अधिकारीहरूले अमेरिकी सैनिकले भाइरस ल्याएको भनेर छापिएका अनलाइन सामग्रीलाई ट्वीट गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>