Breaking News

चितवनमा ७५ बेडको आइसोलेसन वार्ड बनाउने तयारी

Banner

चितवन, चैत ३–

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका अस्पतालहरुलाई अनिवार्य आइसोलेसन वार्ड (छुट्टै कक्ष)को व्यवस्था गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) उपचारको तयारी स्वरुप प्रशासनले जिल्लाका साना अस्पताललाई पनि अनिवार्य दुईदेखि पाँच शैयासम्मको आइसोलेसन वार्डको व्यवस्था गर्न निर्देशन दिएको हो ।

‘चितवन कोरोना भाईरसको जोखिम जिल्ला भएकाले हामीले जिल्लामा न्यूनतम ७५ बेडको आइसोलेसन वार्डको व्यवस्था गर्न लागेका छौँ’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई भने, ‘चितवनका ठूला अस्पतालहरुलाई कम्तिमा २० बेड साना अस्पताललाई पनि २ देखि ५ बेडको आइसोलेसन वार्ड बनाउन निर्देशन दिएका छौँ ।” सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा रोगको संक्रमण व्यापक भएको खण्डमा थप आइसोलेसन वार्डको व्यवस्था गर्ने तयारी गरिएको उनले बताए ।

कोरानो भाईरसका विरामी फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज लगायतका स्वास्थ्य संस्थाहरुलाई उपचारको तयारी अवस्थामा रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

जिल्लाका नाकामा चेकजाँचमा कडाई

चितवन जिल्लामा यो रोग भित्रन नदिनका लागि भरतपुर विमानस्थल र पर्सा जिल्लाको ठोरी हुँदै माडी जोड्ने नाकामा चेकजाँचको व्यवस्था मिलाईएको उनले बताए । जिल्लामा मेला, महोत्सवको आयोजना गर्न रोक समेत लगाईएको छ । हाटबजार लगायतका स्थानहरुमा खुल्ला रुपमा तयारी खानेकुरा खुल्ला रुपमा नराख्न/नबेच्न र त्यस्ता खानेकुरा नखान सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>