Breaking News
चितवनमा तीन जनाको कोरोना परीक्षण, सबै नेगेटिभ
०

चितवन, फागुन ३०–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
यससंगै चितवनमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ । भरतपुर अस्पतालले एक जना बिरामीमा कोरोनाको आशंका गर्दै परीक्षणका लागि नमुना काठमाडौं पठाएको थियो । तर त्यो नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिला पौडेलले जानकारी दिए ।
चितवनमा यससंगै कोराना परीक्षण गर्ने बिरामीको संख्या तीन जना पुगेको छ र तीनै जना बिरामीमा कोरोना देखिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























