समाचार

मोदीलाई प्रधानमन्त्री ओलीले भने – सार्क राष्ट्रसँग मिलेर कोरोनाविरुद्ध लड्न नेपाल तयार छ

Banner

काठमाडौं, फागुन ३०-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सार्क सदस्यहरुसँग समन्यवय गर्न तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्न प्रस्ताव राखेपछि ओलीले उनको समर्थन गरेका हुन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि उनी शिक्षण अस्पतालमा उपचाररत छन् ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा भनेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’

यसअघि शुक्रबार मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए ।

यसका लागि सार्कका नेताहरुले भिडियो कन्फेरेन्समार्फत छलफल गर्नसक्ने उनले बताएका थिए ।

नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>