अन्तर्राष्ट्रिय

कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव

Banner

काठमाडौं, ३० फागुन-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबार ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन् ।

उनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका छन् । मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका छन् ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा काेराेनाका कारण एक-एक जनाकाे मृत्यु भएकाे छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएकाे पाइएकाे छ । अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, ब‌ंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निकाे भइसकेकाे) जना संक्रमित फेला परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>