Breaking News
कोरोनाको खतरा : चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा लाग्यो प्रतिबन्ध

एजेन्सी, फागुन २९-
सगरमाथा आरोहणको समय नजिक आइरहेका बेला चीनले तिब्बत तर्फबाट सार्वोच्च शिखर आरोहणमा प्रतिबन्ध लगाएको छ ।
बसन्त ऋतुको सगरमाथा आरोहण चिनियाँ अधिकारीहरुले स्थगित गरेसँगै सगरमाथा आरोहणका लागि तयारी गरिरहेका मानिसहरु निराश बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
नेपालले भने आफ्नो भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छैन ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर हो । कोरोना भाइरस विश्वव्यापी बन्दै गएपछि दर्जनौं देशले चीनमा भ्रमण प्रतिबन्ध लगाएका छन् । हालै ट्रम्पले युरोपका सबै देशबाट अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएका छन् ।
भारतले पनि विश्वका सबै नागरिकलाई कोरोना खतरा नहटुन्जेल आवत-जावतमा प्रतिबन्ध लगाएको छ ।
हाल सयभन्दा बढी देशमा फैलिएको कोरोनाले एक लाखभन्दा बढी मानिस बिरामी परेका छन् । हालसम्म ४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
कोराना भाइरसका कारण भारत सरकारले विदेशी नागरिकहरुको आवागमन र भिसामा कडाई गरेता पनि उसका दुई सीमावर्ती मुलुक नेपाल र भुटानमा त्यसको न्यून असर पर्ने देखिन्छ ।
विज्ञहरुका अनुसार यस्तो कडाई भिसा आवश्यक भएका मुलुकका नागरिकहरुलाई गरिएको हो ।
























