चितवन विशेष

कपरखोरीमा निःशुल्क आँखा शिविर, ३१० जनाको परीक्षण

Banner

चितवन, फागुन २८-

पूर्वीचितवनको कपरखोरीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

लागूपदार्य दुब्यर्सनी न्यूनीकरण अभियानमा सक्रिय सामाजिक संस्था सपोर्ट एण्ड केयर, नेशनल आँखा अस्पताल र आईक्याम्प फोर चितवन नामक संस्थाका जर्मनी नागरिकले निःशुल्क आँखा शिविर सञ्चालन गरेका हुन् । विगतको वर्ष जस्तै यो पटक पनि जिल्लाका सबै स्थानीय तहमा ७ वटा शिविरको आयोजना गरिएको र पाँचौ शिविर कपरखोरी स्थित सर्पोट एण्ड केयरको कार्यालयमा गरिएको संस्थाका अध्यक्ष राजबन्धु गौतमले बताए ।

शिविरमा ३१० जनाको निःशुल्क आँखा परीक्षण गरी औषधि चस्मा निःशुल्क वितरण गरिएको उनले बताउँछन् । उनका अनुसार ९ जनाको अप्रेसनका लागि सिफारिस भएको छ । शिविर निकै राम्रो लागेको टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछानेले बताए । पहिलो शिविर पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ रेडक्रस भवनमा भएको थियो । दोस्रो माडी तेस्रो थाकलटार चौथो ईच्छाकामनाको सुन्दर बस्ती र पाँचौ रत्ननगरको कपरखोरीमा भएको हो ।

आयोजक संस्था नेशनल आँखा अस्पताल भरतपुरका डा राजेन्द्रबहादुर श्रेष्ठले अस्पतालले अस्पताल बाहेक बाहिर पनि यस्ता कार्यक्रम हरु गर्ने गरेको र शिविरबाट मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीहरुका लागि अस्पतालमा निःशुल्क अप्रेसन गरिने बताए । शिबिरमा र्जमनबाट आएको काटिया र ब्रिगिटको नेतृत्वको ९ जनाको टिम खटिएको थियो भने नेशनल आँखा अस्पताल र सपोर्ट एण्ड केयर संस्थाका गरी ५० बढी स्वयम्सेवकहरु परिचालन भएको कार्यक्रमका संयोजक गौतमले बताए । ३० गते सम्म चल्ने शिविरमा सबै खालका सेवा निःशुल्क प्रदान गरेको जर्मन नागरिक ब्रिगिटले बताए । बिहान १० बजे देखि ५ बजेसम्म शिविर आयोजना हुने भएकाले शिविरमा सहभागी भई लाभ लिन आयोजकले सबैमा आग्रह गरेको छ । शिविरमा निःशुल्क आँखा परीक्षणसँगै चस्मा औषधि निःशुल्क वितरण पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>