शिक्षा

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई अदालत लगिँदै, के छ कानुनी सजाय ?

Banner

काठमाडौँ, २७ फागुन–

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै विधार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई म्याद थपका लागि अदालत लैजाने तयारी भएकाे छ । महानगरीय प्रहरी वृत बानेश्वरले जडिबुटीको जागृती एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई थप अनुसन्धानका लागि म्याद लिन अदालत लैजाने तयारी गरेकाे हाे ।

प्रहरीले कर्मचार्यलाई शनिबार नियन्त्रणमा लिएको थियो। आइतबार र सोमबार सार्वजनिक विदा परेकाले उनलाई पक्राउ परेको तीन दिनपछि मात्र अदालत उपस्थित गराउन लागिएको हो । हिरासतमा थप समय राख्नका लागि सामान्यतया पक्राउ गरेको २४ घण्टाभित्र अदालत उपस्थित गराउनु पर्छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन लगाएर कर्मचार्यमाथि अदालतबाट म्याद लिने तयारी गरेको छ । ऐनको परिच्छेद ८ मा रहेको ‘घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने’ कसुरमा दोषीलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजाय हुन सक्ने उल्लेख छ ।

राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>