Breaking News

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो,दुईतर्फी यातायात अवरुद्ध

Banner

चितवन,असार १८-

खुख्खा पहिरो खसेर मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारा क्षेत्रमा आज बिहान करिब ११ः४० बजे सडकमाथिबाट सुख्खा पहिरो खस्दा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुवैतर्फको सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको यादवले बताउनुभयो । प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म लेन पालना गरेर बस्न तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>