Breaking News
कोरोना भाइरस : इटलीमा एकै दिन १०० जनाको मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन

काठमाडौं, फागुन २७-
कारोनाको संक्रमणबाट युरोपेली मुलुक इटलीमा एकै दिन सय जनाको मृत्यु भएको छ ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ ।
सोमबार एकै दिन सय जनाको मृत्यु भएपछि इटलीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो ।यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आपतकालीन उपाय अपनाएको छ । ६ करोड जनसंख्या भएको इटलीका बसै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन् ।
सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ ।इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन् ।
त्यस्तै, चीनमा अहिलेसम्म ३१ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । ८० हजार संक्रमित देखिएका छन् ।
























