चितवन विशेष

चितवनमा यस्तो घटनाः इन्सपेक्टरले प्रेमिकालाई सिकाए गोली हान्न

Banner

चितवन, फागुन २६–

७५ जिल्ला हुँदा चितवनलाई ७६ औं जिल्लाको रुपमा चिनिन्थ्यो । अहिले ७८ औं जिल्लाको रुपमा लिइने चितवनमा अनेक घटनाहरु हुँदै आएको छ । अहिले फेरि नयाँ घटना सार्वजनिक भएको छ । एक साताअघि एक इन्सपेक्टरले आफ्नी प्रेमिकालाई गोली हान्न सिकाएको घटना बाहिरिएको छ ।

भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने भनेर नजिकैको फायरिङ रेन्जमा लगिएको थियो। असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयले प्रहरी निरीक्षक किरण राउतलाई खटाएको थियो। फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान पाइँदैन। तर असईहरूलाई बन्दुक चलाउने तरिका सिकाउन गएका प्रहरी निरीक्षक राउतले आफ्नी प्रेमिकालाई पनि बोलाएर फायरिङ गर्न दिएको खुलेको छ।

त्यो दिन असईहरूलाई फायरिङका लागि २० राउण्ड गोली छुट्टाइएको थियो। असईहरूका लागि छुट्याइएका तिनै गोलीबाट राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको स्रोतले जानकारी दिएको छ ।

–सेतोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>