चितवन विशेष

कोरोना प्रभावः राप्तीमा आयोजित परेवाकोट कृषि तथा पर्यटन महोत्सव स्थगित

Banner

चितवन, फागुन २१-

आज (बुधबार) देखि सुरु हुने भनिएको प्रथम परेवाकोट कृषि तथा पर्यटन महोत्सव २०७६ स्थगित भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले सबै मेला महोत्सव, सभासम्मेलन नगर्न आह्वान गरेपछि आयोजकले तत्कालका लागि महोत्सव स्थगित गरेको छ ।

महोत्सव मुल आयोजक समितिले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालयसंगको छिट्टै छलफल पछि महोत्सवको नयाँ मिति समेत सार्वजनिक गरिने जनाएको छ । महोत्सव आजदेखि सुरु भएर चैत १ गते समापन हुँदै थियो ।

महोत्सव स्थल राप्ती नगरपालिका १ महादेवटार खेलकुद मैदानमा भव्य तयारी गरिएको थियो । महोत्सव परेवाश्वरी सामुदायिक वन उपभोक्ता समूह लोथर, युवा जागृति क्लव लोथर, लोथर उपभोक्ता समिति र बुलबुल इन्टरटेनमेण्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>