क्रिकेट
एसीसी इस्र्टन रिजन क्रिकेटः हङकङविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्दै
०

काठमाडौं, फागुन १८–
थाइल्याण्डमा जारी एसीसी टि–२० इस्र्टन रिजन प्रतियोगितामा नेपालले दोस्रो खेलमा अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । हिजो पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएपछि नेपालले आज जित्नै पर्ने दवाबमा रहेको छ । नेपालले आज टिममा कुनै परिवर्तन गरेको छैन । मलेसियासंगै उत्रिएको टिमले निरन्तरता पाउने भएको छ ।
उता हङकङ भने प्रतियोगितामा पहिलो खेल खेल्दै छ । यस प्रतियोगिताको शीर्ष दुई टोली एशिया कप छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























