चितवन विशेष

देवघाटमा निःशुल्क स्वास्थ्य परीक्षण

Banner

चितवन, फागुन १७–

देवघाट–५, सिद्ध महाकाली स्कुल गुहिटारमा आज (शनिबार) निःशुल्क स्वास्थ्य जाँच तथा आँखा परीक्षण गरिएको छ । चितवन एड ट्रष्ट युके –क्याट), लायन्स क्लव अफ नारायणगढ संगमचोक र लायन्स क्लव अफ नारायणगढ संगमचोक सन्जिवनीको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणमा सहभागि भएकाहरुलाई आवश्यकता अनुरुप औषधि समेत वितरण गरिएको आयोजक संस्था लायन्स क्लव अफ नारायणगढ संगमचोकका सचिव सुविर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शिविरमा बाल रोग, महिला प्रजनन(गाईनो), जनरल फिजिसियनका साथै आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लव अफ नारायणगढका पूर्व अध्यक्ष विनोदबाबु तिमिल्सिनाले जानकारी दिए ।

शिविरमा करिव ३०० जनाले स्वास्थ्य लाभ उठाएको लायन्स क्लव अफ नारायणगढ संगमचोक सन्जिवनीकी सचिव एवंम कार्यक्रमकी सहसंयोजक कमला पाण्डेले जानकारी दिइन् ।

परीक्षणको क्रममा पाँच जनामा आँखाको समस्या देखिएको छ । मोतियाविन्दु र जलविन्दु देखिएपछि शल्यक्रियाका लागि उनीहरुलाई भरतपुर आँखा अस्पताल ल्याईएको लायन्स क्लव अफ नारायणगढका सचिव श्रेष्ठले बताए । उनका अनुसार ती पाँचै जना बिरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ । शल्यक्रिया बापत अस्पताललाई तिनुपर्ने प्रति व्यक्ति १८ हजार रुपैयाँ लायन्स क्लवले नै व्यहोर्ने छ ।

स्वास्थ्य शिविरमा चितवन युवा समाज, नेपाल नेत्र ज्योति संघ (भरतपुर आँखा अस्पताल), सेन्ट्रल अस्पताल प्रा.लि.लगायत स्थानीय संघसंस्थाहरुले सहयोग गरेका थिए । यस्तै सोही कार्यक्रममा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामग्री समेत वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>