क्रिकेट
टी २० क्रिकेटमा सन्दीपले पूरा गरे विकेटको सेन्चुरी
०

काठमाडौं, फागुन १७-
नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी २० क्रिकेटमा आफ्नो १०० विकेट पूरा गरेका छन् ।
शनिबार थाइल्यान्डको टेर्थाइ क्रिकेट ग्राउन्डमा भइरहेको मलेसियाविरुद्धको खेलमा ३ विकेट लिदै उनले टी–२० क्रिकेटमा १०२ विकेट पूरा गरेका हुन् ।
उनले आफ्नो पहिलो ओभरमा विरन्दीप सिंह र खिजर दुरानीलाई क्याच आउट गराएका हुन् । त्यस्तै अर्को विकेट अनवार अरुद्धिनलाई पवन सर्राफको हातबाट क्याच आउट गराएका हुन् ।
विश्वका अधिकांश फ्रेन्चाइज टी २० खेलिसकेका सन्दीपले आजको विकेटसँगै १०० विकेटको कोषेढुंगा पार गरेका हुन्। र, बनेका छन् टी २० मा १०० विकेट लिने पहिलो नेपाली क्रिकेटर।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























