चितवन विशेष

आगामी आइतबारबाट पाचौँ मेघौली पर्यटन महोत्सव , सम्पूर्ण तयारी पुरा

Banner

चितवन, फागुन १६-

नेपालकै सर्वोत्कृष्ट वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य मानिएको चितवनको मेघौलीमा आगामी आइतबारदेखि हुने पाचौँ मेघौली पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आज नारायणगढमा पत्रकार सम्मेलन गरी महोत्सवको ९० प्रतिशत भन्दा बढी तयारी पूरा भएको आयोजकले जानएको हो ।
भरतपुर महानगरपालिका २७ र २८ मा पर्ने मेघौलीमा यही फागुन १८ देखि २४ गतेसम्म एक हप्ते महोत्सव हुन लागेको हो । मेघौली पर्यटन विकास समिति, भरतपुर महानगर वडा नं।२७ र २८ तथा मेघौली उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवलाई वाग्मती प्रदेश सरकार, चितवन राष्ट्रिय निकुञ्ज तथा स्थानीय वन समितिहरुले सहयोग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र ९ वटा सामुदायिक वनको विशेषता र जैविक विविधताले भरिएको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव हुन लागेको महोत्सव मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले जानकारी दिए । मेघौली हात्तीपोलो मैदानमा हुने महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला तथा औधोगिक पदर्शनी हुनेछन् । स्थानीय थारु, कुमाल ,नेवारी , मगर , गुरुङ खानाहरुको स्टल पनि रहनेछन् । जंगल सफारी (हात्ती, जीप , डुंगा सयर ,जंगलवाक , बर्ड वाचिङ, टाइगर ट्र¥याक )गोलाघाट सूर्यास्त दृष्यावलोकन जस्ता मुख्य आकर्षण रहेको संयोजक महतोले जानकारी दिए ।यसका साथै महोत्सवमा वन्यजन्तु संरक्षणसम्बन्धी वृतचित्र पनि प्रस्तुत गरिनेछ र विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन ।
भरतपुरको चौबिसकोठीबाट २५ किलोमिटर पश्चिम लागेपछि मेघौंली पुग्न सकिन्छ । यस क्षेत्रमा धेरै तालतलैया, सिमसार क्षेत्र रहेकोले गैँडा तथा धेरै प्रजातिका चराहरुको मुख्य बासस्थानको रुपमा चिनिँदै आएको छ । कला, संस्कृति र जनजातिहरुको मुख्य थलोको रुपमा चिनिएको मेघौँलीमा विभिन्न जनजातिका होमस्टेसहित साना र ठूला होटलहरु रहेका छन् । विगतमा विश्वका प्रतिष्ठित व्यक्तित्वहरु मेघौली आएर बस्ने गरेको इतिहास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>