चितवन विशेष
माडीका वडाअध्यक्ष पौडलले गरे अनसन स्थगित, वन्यजन्तु आक्रमणकी पीडित मायाले खुवाइन् जुस
०

चितवन फागुन १३-
फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका माडी वडा न १ वडाअध्यक्ष कृष्ण पौडेलले आज ८ औ दिनमा अनसन स्थगित गरेका छन।
पौडेलले ८ दिनदेखीको अनसन माडीकै निकुञ्ज पिडीत माया पौडेलको हातबाट जुस पिएर अनसन स्थगित गरेका हुन ।
अनसनका क्रममा पौडेलको स्वास्थ्यअवस्था कमजोर भएपछि उनलाई भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो ।
अनसन स्थगन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल ,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको उपस्थीती रहेको थियो ।
उनले आफ्नो माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिँदै अनसन स्थगित गरेको बताएका छन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























