देश/प्रदेश
कलङ्कीमा भयानक दुर्घटनाः एउटा ट्रकले ९ वटा सवारीलाई ठोक्यो, एकको मृत्यु
०

काठमाडौं, फागुन १२–
काठमाडौँको कलङ्कीमा आज (सोमबार) साँझ भयानक दुर्घटना भएको छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























