कालिका

चितवनको कालिकामा बन्यो उदयपुर पार्क

Banner

चितवन, फागुन १२–

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोलमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले उदयपुर पार्क तथा बाल उद्यान निर्माण गरेको छ ।

सो उदयपुर पार्क तथा बाल उद्यानको एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा सामुदायिक वनले निर्माण गरेको सो पार्कको उद्घाटन गर्दै गृहमन्त्री थापाले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धि तर्फ लानुपर्ने बताए । विभिन्न पार्क तथा उद्यानहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दै आर्थिक उपार्जन गर्नुपर्ने भन्दै मन्त्री थापाले पर्यापर्यटनको क्षेत्रमा सामुदायिक वनहरुको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

कार्यक्रममा वागमती प्रदेशका सांसद घनश्याम दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने सामुदायिक वनका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रम सामुदायिक वनका अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>