कालिका

प्रहरी चौकी जुटपानीको नयाँ भवन, गृहमन्त्री थापाले गरे उद्घाटन

Banner

चितवन, फागुन १२–

पूर्वीचितवनको कालिका नगरपालिकामा रहेको प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे । सो क्रममा बोल्दै गृहमन्त्री थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताए । उनले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्काे पाटो भएको बताए ।

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उनले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताए । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उनले जानकारी दिए ।

प्रहरीलाई निर्देशन दिँदै उनले भने, “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।” मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताए । उनले भने, “शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।” पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उनले स्पष्ट पारे ।

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उनले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताए । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताए ।

एघार कोठे सो भवन रु एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माणसम्पन्न भएको हो । भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>