देश/प्रदेश

प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

Banner

तेह्रथुम, फागुन ११–

प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औं जन्मदिन । उनी जन्मिएको ठाउँ तेह्रथुमको आठराई गाउँपालिकामा जन्मदिन विशेष कार्यक्रम हुँदैछ ।

प्रधानमन्त्रीको जन्मदिन भव्य रुपमा मनाउन गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । त्यति मात्र नभई गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत आह्वान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उनी जन्मिएकै घरमा आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् ।

प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ) मा पर्दछ । हाल सो घरमा प्रधानमन्त्री ओलीका भाइ कृष्णप्रसाद बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>