गण्डकी

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

Banner

पोखरा, फागुन ११–

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । पोखरा–१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता रहेको बताए ।

प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्ने बताए । उनले भने,“अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन । भाषा शिक्षाको माध्यम मात्र हो । ”

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले निजी विद्यालयले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सरकारी नीति रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>