खैरहनी

कंकाली वनः नेकपाका उम्मेद्वारलाई पराजित गर्दै काँग्रेसका न्यौपाने विजयी

Banner

चितवन, फागुन १०–

नेकपाका उम्मेद्वारलाई पराजित गर्दै पूर्वीचितवनको कंकाली सामुदायिक वनको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार राममणि न्यौपाने विजयी भएका छन् ।

शनिबार राती अबेर सकिएको मतगणनामा नेकपाका उम्मेद्वार रामेश्वर पोखरेललाई २६ मतान्तरले पराजित गर्दै काँग्रेसका न्यौपाने विजयी भएका हुन् । नेकपाबाट उम्मेद्वार बनेका पोखरेल साविक माओवादी केन्द्रका हुन् । अध्यक्षमा निर्वाचित न्यौपानेले ८५३ मत प्राप्त गरे भने पोखरेलले ८२७ मत प्राप्त गरे । यस्तै वनको अन्य पदमा भने नेकपाका उम्मेद्वारहरु विजयी भएका छन् ।

पछिल्लो समय चितवनमा हुने निर्वाचनहरुमा नेकपाबाट उम्मेद्वार बन्ने साविक माओवादीका उम्मेद्वारहरु बलियो अवस्थामा पनि पराजित हुँदै आइरहेका छन् । यसअघि निर्माण व्यवसायी संघ चितवनको निर्वाचनमा नेकपाबाट अध्यक्षमा उम्मेद्वार बनेका साविक माओवादी केन्द्रका उम्मेद्वार पराजित भएका थिए । निर्माण व्यवसायी संघमा काँग्रेस भन्दा नेकपा निकै बलियो थियो ।

पछिल्लो समय चितवनका विभिन्न संघसंस्थाहरुमा हुने निर्वाचनले राजनीतिक रंग लिने गरेको छ । जसका कारण निर्वाचनका नतिजालाई लिएर धेरैलाई चासोको विषय बनेको छ । यस्तैमा शनिबार पूर्वीचितवनको खैरहनीस्थित कंकाली सामुदायिक वनको निर्वाचनले पनि त्यस्तै माहोल ल्याएको थियो । जहाँ सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेद्वारी चुनावी मैदानमा होमिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>