देश/प्रदेश
बास्कोटा प्रकरणः नेकपाले छानविन नगर्ने, छानविनको जिम्मा अख्तियार र सीआईबीलाई
०

काठमाडौं, फागुन १०-
निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणको छानबिन बारे चासो बढेको छ ।
बास्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ । तर उनी आवद्ध पाटी नेकपाले भने आफै छानविन नगर्ने भएको छ ।
शनिबार अपरान्ह बसेको सचिवालय बैठकमा बाँस्कोटाको सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । उनले पाटीले आफै छानविन नगरी संवैधानिक निकायलाई जिम्मेवारी दिएको प्रतिक्रिया दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























