देश/प्रदेश

सेनाद्वारा बम निष्क्रिय

Banner

मार्तडी, फागुन १०

यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताएका छन ।

रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उनले जानकारी दिए। उनका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>