देश/प्रदेश
गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ
०

काठमाडौं फागुन, ६-
होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् ।
हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।
कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























