क्रिकेट

एसीसी इस्टर्न रिजनमा नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

Banner

चितवन, फागुन ६-

थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ ।

थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ ।

नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुने छन् ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>