समाचार

डिल्लीबजारमा महरालाई स्वागत गर्नेहरुको भीड

Banner

काठमाडौं, फागुन ५-

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ ।

थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन् । आज महरा डिल्लीबजार कारागारबाट जिल्ला अदालत पुगेका थिए ।

महरा अदालतबाट बाहिरिँदा ताली बजाउनेहरु धेरै थिए । जिल्ला अदालतबाट उनी सिधै डिल्लीबजार स्थित सदरखोर लागे । १ सय ३ दिनको कारागार बसाई आज टुङ्गोमा पुगेको छ । कानुनी प्रकृया पूरा गरेपछि महरा आज नै कारागारमुक्त हुनेछन् ।

डिल्लीबजार कारागार बाहिर पनि शुभचिन्तक उपस्थित छन् । हातमा माला लिएर उनलाई स्वागत गर्नेहरुको भिड नै छ ।

अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन: संसदमा प्रवेश गर्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>