समाचार

महराको मुद्दामा के आउला फैसला ?

Banner

काठमाडौँ, फागुन ५–

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाको फैसला सोमबार(आज) आउँदैछ ।

महराका पक्षका आठ जना वकिलले आइतबार बहस सकेर फैसला सुनाउने तयारी गरे पनि काठमाडौँ जिल्ला आदलतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले फैसला तयार भइनसकेको भन्दै सारेका थिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।

स्रोतका अनुसार फैसला तयार भए पनि आइतबार न्यायाधीश पौडेलले सुनाउने मिति एकाएक सारेका हुन् ।

फैसला तयार भएर सुनाउने क्रममा रहेका न्यायाधीश पौडेल इजलासबाट उठेर चेम्बर छिरेर लगत्तै फर्किएपछि ‘आज सकिएन भोली फैसला आउँछ’ भन्ने निर्णय सुनाएका थिए ।

श्रेस्तेदार आन्दन श्रेष्ठले संभवत सोमबार फैसला आउने जानकारी दिए । सरकारी वकिलका तर्फबाट गत माघ २६ गते नै चारजना सरकारी वकिलले बहस सकेका थिए ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।

पीडित भनिएकी महिलाले नै आफूविरुद्ध महराले जबरजस्ती करणी प्रयास नभएको बकपत्र अदालमा गरेकी छिन् भने अरु सम्बद्ध प्रमाणहरुले महरा दोषी ठहर हुन सक्ने संभावना कम रहेको उनका वकिलहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>