देश/प्रदेश

सुदूरपश्चिममा पहिलोपटक खाना महोत्सव

Banner

अत्तरिया, फागुन ५–

होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा यही फागुन १४ गतेदेखि २० गते सम्म खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको छ ।
सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको उनले बताए । महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेशलगायतका देशका साहित्यकार आउने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>