समाज

मदिरापान घरमा हो,कार्यकक्षमा होइनः मुख्यमन्त्री गुरूङ

Banner

पोखरा,फागुन ४-

सामाजिक संजालमा भाइरल बनेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको तस्वीर कार्यकक्षको नभई घरको भएकोे सचिवालयले स्पष्ट पारेको छ । उनको निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट रहेको उल्लेख गरेका छन्।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्म दिनसमेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो। सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।’

विज्ञप्तिमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>