देश/प्रदेश

सांसदमा प्रधानमन्त्री ओलीको जवाफः कालापानीमा सबै नेपाली भूभाग फिर्ता ल्याउँछौं

Banner

काठमाडौँ, फागुन ३-

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले ओलीलाई देशको विविध विषयमा एक दर्जनभन्दा बढी प्रश्न राखेका थिए । प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले नेपालको भूभाग कुनै हालतमा नछोड्ने प्रष्ट पारे ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सोधेको प्रश्नको जवाफ दिँदै उनले कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको तथ्य प्रमाणले देखाएको भन्दै ती भूमि फिर्ता ल्याउन नेपालले पहल गरेको बताए । उनले यसका लागि एकतर्फी वार्ताले नहुने भन्दै दुईतर्फी वार्ताको माध्यमबाट यसको समाधान गरिने उल्लेख गरे । उनले भने, ‘अहिले सरकार सार्वभौम, राष्ट्रियताको सवालमा, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा कुनै सम्झौता गर्दैन । हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छनै भने नक्सा छाप्न के भयो र तूरुन्तै छाप्छौँ । कालापानीमा सीमा सुरक्षाको लागि विओपी स्थापना गर्ने तयारी भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>