देश/प्रदेश

चितवनको रंगशालामा धुर्मुसले सुन्तलीलाई भने – आइ लभ यू

Banner

काठमाडौं, फागुन २-

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन्स डेको दिन एउटा मैत्रिपूर्ण खेल खेलिएको थियो– फिल्म सेन्टी भाइरसको टिम र फिल्मी पत्रकारहरुबीच ।

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ अहिले चितवनमा स्टेडियम बनाउन लागी परेका छन् ।

त्यस्तै, खेलबाट अहिले धुर्मुस र सुन्तलीको तस्वीर समाजिक सन्जालमा निकै सेयर भइरहेको छ ।

तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको यो जोडीले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेका छन् । जस्तै, केहीअघि त्यहाँ धनधान्यचाल महायज्ञ लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि बनाएको छ । यो फिल्मको कमाइको केही प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>