देश/प्रदेश

एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

Banner

काठमाडौं, फागुन १–

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि पाँच वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेलाखोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ (बिहीबार) गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुनेछ र यो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ ।

“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छौं । भविश्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने ।

“राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियानअन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमाहामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्नेअवसर दिइएकोमा निकैनै गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगका घटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको छ ।

सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुरÞ्याउनेछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनियाहुनका साथै मृत्यु समेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वादुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुन सक्छ ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेला खोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको हो । यसअघि एनसेलले स्वास्थ्य सम्बन्धि जनसचेतना अभिवृद्घिको सहकार्य अन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिको लागि सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>