क्रिकेट

एकदिवसीयको एकै खेलमा ६ विकेट लिने सन्दीप बने नेपालको पहिलो खेलाडी

Banner

काठमाडौं, माघ २९–

एकदिवसीय (ओडीआई) क्रिकेटमा एकै खेलमा ६ विकेट लिनेमा सन्दीप लामिछाने नेपालको पहिलो खेलाडी बनेका छन् । आज बुधबार कीर्तिपुर मैदानमा भएको अमेरिकाविरुद्धका खेलमा सन्दीपले ६ विकेट लिदै कीर्तिमान बनाएका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् ।

यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए । गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>