Uncategorized

फरार हैनन् ‘तीन वर्षका लागि महाध्यानमा बम्जन’ !

Banner

माघ,  सिन्धुली २७-

फरार रहेका भनिएका ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी बम्जन तीन वर्षका लागि महाध्यानमा रहेको जानकारी गराएको हो ।

तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार यही माघ २४ गते प्रहरीको टोली बम्जनलाई पक्रन सिन्धुलीस्थित उनको आश्रममा पुग्दा उनी नभेटिएपछि रित्तो हात फर्किएको थियो ।

तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाएको छ । संघले आज पत्रकार सम्मेलन गरि ‘तपस्वी’ बम्जन फरार रहेको भन्नु, शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मार्नु दुःखद भएको बताएको छ । संघले प्रहरीले धार्मिक स्थलमा ज्यादती गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ ।

बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>