देश/प्रदेश
राष्ट्रियसभा बैठकः जातीय भेद्भाव हटाउन माग
०

काठमाडौँ, असार १५-
राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेद्भाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गर्नुभयो ।
सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउनुहुँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























