समाचार
फागुन ३ गते नेपालीलाई लिन वाइडबडी विमान चीन जाने
०

काठमाडौं, माघ २७-
उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ ।
कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने भएको छ । वाइडबडी (एयरबस ३३०) जहाज आगामी फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
पर्यटन, परराष्ट्र, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।
चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यस भाइरसले हालसम्म ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म चीनमा मात्र ४० हजार बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























