समाचार

माइतीघरमा नेविसंघको नारा : ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’

Banner

काठमाडौं, माघ२४-

आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।

पार्टीका उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटारको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरेपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, ‘विभेद र पूवाग्रह मानिँदैन, काण्डै काण्डको सरका चाहिँदैन’, लगायतका प्लेकार्ड बोकेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।

अख्तियार सरकारको छायाँ बनेको, भ्रष्टचार मुद्दालाई राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको भन्दै नेविसंघको नेतृत्वमा कांग्रेस भातृ संगठनहरुले दिउँसो १ बजेदेखि माइतीघरमा प्रदर्शन गरेका थिए ।

उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>