Uncategorized

चीनले १० दिनमै बनाएको अस्पताल आज उद्घाटन हुने

Banner

काठमाडौं, २० माघ ।

अहिले चीनमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या बढ्दै गइरहेको छ ।

कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल साेमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

हालसम्म चीनमा कोरोना भाइरसकै कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजारभन्दा बढी मानिसहरु यस भाइरसबाट संक्रमित छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>