चितवन विशेष

रंगशालालाई सहयोग गर्ने सन्दिपको घोषणाः प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने

Banner

चितवन,माघ १९-

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरको छन् । माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

आइतबार लामिछानेले ट्वीट गर्दै उक्त खेलमा आफूले लिने प्रत्येक विकेट बराबर उक्त रकम रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन् । अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका सन्दीप ५ दिनअघि मात्रै त्रिकोणात्मक लिग खेल्न उनी नेपाल आएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>