Uncategorized

सभामुखको प्रतिवद्धता : देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ

Banner

काठमाडौं, माघ १९ ।

सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन् ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका सापकोटाको प्रशंसा गर्दै केही सांसदले राष्ट्रियतामाथि खतरा देखिन थालेका बेला प्रतिनिधिसभाले राष्ट्रियताको विषयमा गम्भीर नेतृत्व पाएको बताएका थिए ।

राष्ट्रियतामाथिको खतराका रुपमा सांसदहरुले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी), विभिन्न विधेयकलाई देखाएका थिए । उनीहरुले राष्ट्रियताको अडानमा विगतमा जस्तै अडिग रहन सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

नवनिर्वाचित सभामुख सापकोटाले समिति समक्ष देशभक्ति र सदाचारितामा सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।

‘कुनै हालतमा पनि दुई वटा कुरा– मेरो जिन्दगीका मुख्य कुरा हुन्, देशभक्ति र सदाचार । दोहोर्याएर भन्न चाहन्छु, म देशभक्ति र सदाचारमा सम्झौता गर्न सक्दिन, गर्ने छैन’ सापकोटाको प्रतिवद्धता छ ।

एमसीसी समर्थकलाई भीम रावलको चुनौती-इन्डो प्यासेफिक रिपोर्ट र त्यसका श्रृंखला अध्ययन गर्नुस्
सांसदहरुको कुरा सुनिसकेपछि अन्तमा बोलेका सभामुख सापकोटा राष्ट्रियताको प्रसंगमा भावुक भए ।

बैठकमा सांसद माधवकुमार नेपालले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पुर्‍याउन भूमिका खेल्नुभएका व्यक्ति सभामुख बनेको भन्दै शुभकामना व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>